शिक्षकले पोसाक नलगाए भत्ता रोक्का

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन सुरु गरेको छ । विद्यालयमा कार्यरत शिक्षकले पोसाक नलगाई विद्यालय आए गाउँपालिकाले भत्ता रोक्का गर्ने भएको छ ।  

लामो समय कोरोना भाइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक विद्यालय खोल्ने निर्णय गरिएको गाउँलिकाका प्रवक्ता थुर्ककुमार चोङवाङले बताए । सबै विद्यालयमा स्वास्थ्य सामग्री गाउँपालिकाले नै उपलब्ध गराइदिने प्रवक्ता चोङवाङले बताए ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई  बिहान कक्षा सञ्चालन हुने भएको छ ।  कक्षा ८ मुनिका विद्यार्थीलाई दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता चोङवाङले बताए । शिक्षकलाई तोकिएको पोसाक अनिवार्य लगाएर मात्र विद्यालय हाजिर हुनुपर्ने शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले जानकारी दिए । 

पोसाक लगाए–नलगाएको बारे छड्के अनुगमन गर्ने र तोकिएको पोसाक नलगाउने शिक्षकको पोसाक भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको घिमिरेले बताए ।

गाउँपालिकामा माध्यमिक विद्यालय पाँच, निम्नमाध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय २० गरी जम्मा २८ सामुदायिक विद्यालय सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख कोम्देनले बताए ।





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १८:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया