नेकपा स्थायी समिति बैठक : धुम्बाराहीमा देखिएका रमाइला दृश्यहरू

शीर्ष तहमा नेताहरूको लामो विवादपछि आइतबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ। उच्च सुरक्षा व्यवस्थाका साथ पार्टी कार्यालयमा धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बस्यो। 

आजको बैठकमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गरेर लेखेको पत्र ईश्वर पोखरेलले पढेर सुनाए। अध्यक्ष प्रचण्डले बोले। स्थायी समिति सदस्यहरूलाई सचिवालय बैठकमा दुवै अध्यक्षले पैस गरेका प्रस्ताव तथा पत्रहरू वितरण गरिएको। अर्को बैठक २८ गते बस्ने गरी आइतबारको बैठक समापन भयो। 

यस बैठकमा सन्दर्भमा आइतकार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा देखिएका केही दृश्यहरू हेरौँ

मन्त्रीका गाडीभित्र पार्टी कार्यालयभित्र राख्ने ठाउँ नभएर सडकको किनारमै हिलोमाथि पार्किङ गरिएको थियो। 

बैठकबाट निस्कदाँ अधिकांश सदस्यले हातमा सुन्तला रङको खाम बोकेका थिए। कसैले झोलामा राखेका थिए। त्यो पँहेलो खाम सुरक्षाकर्मीको हातमा पनि देखिन्थ्यो।  त्यसमा अश्यक्षद्वयले सचिवालय बैठकमा पेस गरेका प्रताव तथा पत्रहरू थिए। पढ्नका लागि उनीहरूलाई दिइएको थियो। 





वरिष्ठ नेता माधवकुमार नेपाल फुर्तिकासाथ हात हल्लाउँदै बैठकबाट बाहिरिए । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मी समक्ष बैठकबारे जानकारी गराए। उनले बोलिसकेपछि त्यसपछि प्रवक्ता नजिकै आएका स्थायी समिति सदस्य भीम रावलले पनि पत्रकारमाझ आफ्ना कुरा राखे।

बैठकबाट निस्किएपछि एक छेउमा वर्षमान पुन र विष्णु पौडेल आमान्ने सामुन्ने उभिएर कुराकानी गर्दै थिए। दुवै नेताहरू बहालवाला मन्त्री हुन्। पौडेल ओली निकट हुने भने पुनः अर्का अध्यक्ष प्रचण्डका विश्वास पात्र मानिन्छ। 

  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १९:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया