राजालाई पहिलो राष्ट्रपति बनाउन प्रताव गरेको थिएँ : बाबुराम भट्टराई

राजतन्त्रका बारेमा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई र राप्रपा  अध्यक्ष कमल थापाको दोहोरी चलिरहेको छ । थापाले एक टेलिभिजनलाई दिएको अन्तवार्तामा भट्टराईले आफूसमक्ष राजासँग सहकार्य गर्नका लागि प्रस्ताव गरेको दावी गरेका छन् । 

राजाले अन्य राजनीतिक दललाई बाइपास गरेर तत्कालीन माओवादीसँग सहकार्य गर्न नखोजेपछि मात्रै माओवादीले गणतन्त्रको माग गरेको दावी थापाले गरेका छन् । २०६० सालमा सरकार–माओवादी वार्ता हुँदा आफूले राजाले संविधानसभा र गणतन्त्र स्वीकार गरेमा सहकार्य हुनसक्ने सन्देश राजालाई सुनाइदिन आग्रह गरेको भट्टराईले स्वीकार गरेका छन् । 

कमल थापाको अन्तर्वार्ताको भिडियो सेयर गर्दै भट्टराईले आइतबार राति ट्विटरमा लेखेका छन् । ‘मैले ०६० को वार्तामा कमल थापासँग भनेको यसो हो–राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ’ उनले भने(–त्यो त भन्न सक्दिनँ’ । अहिले राजतन्त्र फर्किन्छ भन्नु मरेको मान्छे ब्युँतिन्छ भन्नुजस्तै भएको दावी भट्टराईले गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार ९:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया