लोकसेवा आयोगले बुधबार ३६० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले इच्छुक र योग्यता पुगेका नेपाली नागरिकलाई ती पदमा दरखास्तका लागि आह्वान गरेको हो ।
आयोगले एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितामार्फत नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
दरखास्त फारम भर्नका लागि आगामी पुस १४ अन्तिम मिति तय गरिएको छ ।
तर, दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।