लकडाउनमा पत्नीसँग झगडा परेपछि मन शान्त पार्न निस्किएका पुरुष ४ सय ५० किमी हिँडे

यो घटना हो, इटालीको । कोरोनाभाइरसका कारण त्यहाँ पनि लकडाउन लगाइएको थियो । अनि मानिसहरु घरभित्र बसेका थिए । 

त्यहीबीच एक घरमा पतिपत्नीको झगडा पर्यो । ती पुरुषलाई झगडा परेपछि आफ्नो मन शान्त बनाउन मन भयो । अनि उनी घरबाट बाहिर निस्किए । 

बाहिर निस्किएपछि उनी फेरि तत्काल घर फर्किएनन् । मन शान्त बनाउन बाहिर निस्किएका ती युवा हिँड्दा हिँड्दै ४ सय ५० किलोमिटर टाढा पुगे । 

अब अहिले इटालीमा सामाजिक सन्जाल प्रयोगकर्ताले यी युवाको विषयमा अत्यन्त धेरै लेखेका छन् । कतिले त उनलाई फरेस्ट गम्प पनि भनेका छन् । फरेस्ट गम्प खासमा १९९४ को एउटा फिल्मको हिरो हुन् जो पूरै अमेरिकामा हजारौँ माइल दौडिएका थिए । 

४८ वर्षका यी युवाले चाहिँ अब प्रहरीको जरिवाना तिर्नु पर्ने भएको छ । त्यहाँ कर्फ्यूको समयमा हिँडेको भनेर उनलाई प्रहरीले ४ सय ८५ अमेरिकी डलर जरिवाना तोकेको छ । 

बोलोग्नामा रहेको एक पत्रिकाले यो रिपोर्ट सुरुमा लेखेका थियो । समाचार छापिएको के थियो, इटाली मिडियामा यो निकै चर्चामा रहेको छ । सामाजिक सन्जालमा त ती पुरुषमाथि लगाइएको जरिवाना अहिले नै हटाउनु पर्ने माग पनि गरिएको छ ।



प्रत्येक दिन झन्डै ६० किलोमिटर हिँडेपछि ती युवा त्यहाँसम्म पुगेका हुन् । उनले आफूले बाटोमा सहयोग निकै राम्रो पाएको पनि बताएका छन् ।

प्रहरीले उनको आइडी हेरेर उनकी श्रीमतीले उनी हराए भनेर प्रहरीमा रिपोर्ट गरेको फेला पारेको हो ।



  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार ०:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया