मृत्युअघि कमानसिंहले कान्छी श्रीमतीलाई लेखेको स्टाटस जसको व्यापक चर्चा छ अहिले

पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको आज कोरोनाभाइरसका कारण निधन भयो । उनको निधन भएलगत्तै सामाजिक सन्जालमा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले लामो स्टाटस लेख्दै उनलाई श्रद्धान्जली दिइरहेका छन् । 

अनि अहिले चर्चामा आउन थालेको छ, उनले सामाजिक सन्जाल फेसबुकमा लेखेको एउटा लामो स्टाटस । 

लामाले सात दिनअघि तीन डिसेम्बरमा साँझ पाँच बजे एउटा लामो स्टाटस लेखेका छन् । स्टाटसको सुरुमा नै उनले आफूले संसारमा सबैभन्दा बढी आमालाई माया गरेको र त्यसपछिको माया ‘प्रिय’लाई गरेको उल्लेख गरेका छन् ।

यसबाट बुझिन्छ, यो उनले आफ्नी कान्छी श्रीमतीलाई लेखेको लामो स्टाटस हो ।

उनीनिकट एक नेताका अनुसार पछिल्लो समय उनको र कान्छी श्रीमतीको विभिन्न विषयमा खटपट सुरु भएको थियो । त्यही कुरालाई कमानसिंहले आफ्नो स्टाटसमा पनि लेखेका छन् । आमाभन्दा पछि सबैभन्दा बढी माया ‘प्रिय’लाई गरेको तर त्यो अहिले याम्बालिंगरुपी बर्र्मुडा ट्र्याङ्गलमा फसेको लामाले लेखेका छन् । 

लामाले यो स्टाटसमा ती श्रीमतीलाई आफूले शिरमा राखेको पनि उल्लेख गरेका छन् । अनि थपेका छन्, केही सपनाहरु जुन उनीहरु दुवैले सँगै हुँदा बनाएका थिए ।



आफ्नो माया बिग्रनुमा उनले कान्छीको चलअचल भौतिक सम्पत्तिप्रतिको आशक्तिको विषयमा पनि लेखेका छन् । अनि अहिले उनीहरुबीचमा भएको अन्तरविरोधबारे पनि लामाले स्टाटसमा लेखेका छन् । 

उनले आफूले श्रीमतीलाई सबै कुरा सुम्पिएको तर स्वाभिमानप्रति खेलवाड गर्ने छुट नदिएको पनि स्टाटसमा लेखेका छन् । 



उनले आफूले श्रीमतीका कारण धोका पाएको र यसले आफ्ना सपनाहरु पनि अपूरै रहेको पनि स्टाटसमा उल्लेख गरेका छन् ।

पढ्नुहोस्, लामाले लेखेको स्टाटसः 
 

  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १९:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया