अमेरिकाले पनि दियो फाइजरको कोरोनाभाइरस भ्याक्सिनलाई अनुमति

अमेरिकाले पनि फाइजर–बायोटेक कम्पनीको कोरोनाभाइरस भ्याक्सिनलाई अपातकालीन अवस्थामा प्रयोग गर्नका लागि अनुमति दिएको छ ।

अमेरिकामा पहिले देखि नै यो खोपलाई अनुमति दिन निकै ठूलो दबाब थियो । अमेरिकाको फुड एन्ड ड्रग्स एडमिस्ट्रिेसन (एफडिए)ले अब यो दबाबका बीच यसलाई अनुमति दिएको हो । 

अमेरिकी मिडियाका अनुसार एफडिएका प्रमुख स्टिफन हानलाई कि यो भ्याक्सिनलाई अनुमति दिनु पर्ने नभए उनले पद छोड्नु पर्ने बताइएको थियो ।

बिहीबार त्यहाँका विभिन्न विशेषज्ञहरुले यसलाई दबाबका रुपमा प्रचार गरेका थिए । 

अहिले फाइजरको कोरोनाभाइरस भ्याक्सिन बेलायत, क्यानडा, बहराइन तथा साउदी अरबले प्रयोग गरिसकेका छन् । 





  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार ११:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया