आठ महिनापछि खुल्यो लुम्बिनी

बुद्ध जन्मस्थल लुम्बिनी आठ महिनापछि सर्वसाधारणका लागि खुला गरिएको छ । कोरोना महामारीसँगै गत वैशाखदेखि बन्द भएको लुम्बिनी क्षेत्र मंसिर ३ गतेदेखि र मायादेवी मन्दिर मंसिर २१ गतेदेखि खुला गरिएको हो । कोरोनामा महामारीबीच अन्य क्षेत्र खुला भएसँगै लुम्बिनी क्षेत्र पनि खुला गरिएको हो । लुम्बिनी क्षेत्र खुला गरे पनि कोरोना त्रासका कारण पर्यटक आगमन बढ्न नसकेको लुम्बिनी विकास कोषको भनाइ छ । 

लुम्बिनीमा कात्तिकदेखि चैतसम्म पर्यटक भित्रिने समय रहेकाले पर्यटक आवागमनलाई मध्यनजर गरी लुम्बिनी खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले जानकारी दिए । पर्यटक अभावका कारण कोष आर्थिक संकटमा परेको उनले बताए ।

जसका कारण लुम्बिनी क्षेत्रमा कार्यरत कर्मचारीहरू पारिश्रमिक दिन नसकेको उनले बताए । लुम्बिनी क्षेत्रमा हाल अस्थायी, स्थायी, ज्यालादारी र करार गरी ६० जना कर्मचारी कार्यरत छन् । कोरोना महामारीसँगै बन्द भएको लुम्बिनी क्षेत्र कर्मचारीलाई पारिश्रमिक दिन नसकिएको उनले बताए ।
 





  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार १४:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया