शोक प्रस्ताव पारित गर्दै स्थायी समिति बैठक टुङ्ग्याउने ओली पक्षको तयारी
फाइल तस्बिर

सत्तारूढ नेकपा स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने तयारी छ ।

बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर टुङ्ग्याउने तयारी ओली पक्षको छ ।

लामाको कोरोना सङ्क्रमणका कारण मङ्सिर २४ गते निधन भएको थियो ।

पार्टीको स्थायी कमिटी बैठक अघि आजै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच खुमलटारमा भेटवार्ता भएको थियो ।





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १२:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया