कोरोनाभाइरसः क्रिसमसमा जर्मनीले लगायो लकडाउन

कोरोनाभाइरस संक्रमण तथा यसका कारण हुने मृत्युको संख्या बढ्दै गएपछि जर्मनीले क्रिसमसको समयमा कडा लकडाउन गर्ने भएको छ ।

पूरै जर्मनीमा बुधबारबाट यो लकडाउन लगाइएको छ । अनि त्यहाँका स्कुलहरु पनि बन्द हुने भएका छन् । 

जर्मन चान्सलर एन्जेल मर्केलले क्रिसमसका लागि सपिङमा निस्किएका भीडका कारण पनि कोरोना संक्रमण बढ्दै गएको बताएकी छिन् । 

त्यसैले अब जर्मनीमा १६ डिसेम्बरबाट १० जनवरीसम्म लकडाउन लगाउने भइएको छ । देशभर यो लकडाउन लगाइएको हो । 

जर्मनीमा आइतबार २० हजार २ सय कोरोनाभाइरस संक्रमित थपिएका छन्, ३ सय २१ जनाले कोभिड १९ का कारण आइतबार ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार २:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया