अध्यादेश तुरुन्त फिर्ता हुनुपर्छ : प्रचण्ड
फाइल तस्बिर

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेपछि नेकपाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

अध्यादेश जारी भएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका हुन् । पार्टीमा कुनै छलफल नै नगरी अध्यादेश आएकाले तुरुन्त फिर्ता हुनुपर्ने प्रचण्डले माग गरेका छन् ।  वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यादेश पार्टीमा छलफल नै नगरी आएकाले भोलि बस्ने स्थायी कमिटीको बैठकमा कुरा उठाउने बताए ।

भोलि बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पुन: नेताहरु आमुन्ने सामुन्ने हुने देखिन्छ । सरकारले वैशाख ८ मा जारी गरेको अध्यादेश ४ दिनपछि फिर्ता लिएको थियो ।





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार १६:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया