नयाँ अध्यादेश, हतास मनस्थितिको पराकाष्ठा : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल खारेर गर्न माग गरेका छन् ।

मंगलबार बिहान सम्पन्न परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बहुमत सदस्यकै उपस्थितिमा पनि बैठक बसेर निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेकी हुन् ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बसी नियुक्ति गर्न सक्ने गरी अध्यादेश जारी भएपछि उनले सामाजिक सञ्जालमार्फत तत्काल यो अध्यादेश खारेर हुनुपर्ने माग गरेका हुन् ।

शर्माले फेरि अध्यादेश किन ल्याइएको भन्दै प्रश्नसमेत गरेका छन् । ‘फेरि अध्यादेश ! सत्ता  स्वार्थको  पराकाष्ठा किन  ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन,’ उनले ट्वीटमा भनेका छन् । साथै, उहाँले हतास मनस्थितिबाट मुक्त हुन र अध्यादेश फिर्ता गर्नसमेत माग गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार १७:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया