नेकपाको स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

अन्ततः नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

यसअघि उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू बैठकमा सहभागी नहुने जनाएका थिए । तर, केहीबेर अघि सकिएको ओली प्रचण्ड भेटपछि नेकपा स्थायी कमिटी बैठक सुरु भएको हो । 

यो बैठकमा ओली पनि सहभागी भएका छन् । 

यसअघि भएको बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई विशेष संसद अधिवेशनको माग गर्दै शितल निवास पुगेका प्रचण्ड–माधवकुमार नेपाल पक्षका सांसदलाई फिर्ता बोलाउन भनेका थिए । 

प्रचण्डले पनि ओलीलाई हिजो ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन भनेका छन् ।





  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार १६:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया