दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न अभियुक्त पक्राउ

द्वन्द्वकालमा हत्या भएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एकजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीले मंगलबार नौमुले गाउँपालिका–३ द्वारिकाका ५८ वर्षीय हरिलाल पुनलाई प्रक्राउ गरेको हो । प्रहरीले उनलाई उनकै घरबाट प्रकाउ गरेको हो । 

पक्राउ परेका पुनले ४ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए । 

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते थापाको हत्यामा संलग्न भएको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो । 

फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो । यसअघि पुनले १ वर्ष सात महिना १ दिन कैद भुक्तान गरेका र बन्दीप्रत्यक्षीकरण परेका कारण अदालतको फैसला ढिला आएपछि उनी फरार रहेका थिए । 

पत्रकार थापाको ०६१ साउन २७ गते तत्कालीन नेकपा माओवादीले हत्या गरेको थियो । माओवादीले नौमुले गाउँपालिका–३मा उनलाई मरणासन्न हुने गरी कुटेर सास छँदै खाल्डोमा गाडेर हत्या गरेका थिए ।





  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार १७:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया