मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा युनिट बनाउने

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा युनिट बनाउने भएको छ । विश्वविद्यालयको १०औँ सभा (सिनेट)ले सुरक्षा युनिटसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेसँगै सुरक्षा युनिट बनाउने कानुनी बाटो खुलेको हो । 

सिनेटमा विश्वविद्यालयले आफ्नै सुरक्षा युनिट गठन गर्नेलगायत सात वटा प्रस्ताव पेश गरेको थियो । बुधबार पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयको सम्पत्तिको सुरक्षा गर्न पूर्वसैनिक तथा प्रहरीबाट भर्ना लिने गरी आफ्नै सुरक्षा दस्ता गठन गर्ने निर्णय गरेको जानकारी दिए । 

योसँगै विश्वविद्यालयले अब १० देखि २५ जनाको सुरक्षा युनिट बनाउनेछ । सुरक्षा युनिटमा सैन्य तालिम प्राप्त ५० वर्ष उमेरमुनिका जनशक्ति राखिने बताइएको छ । 
यस्तै, सभाले विश्वविद्यालयमा उपप्राध्यापकले ५० वर्षसम्म सेवा प्रवेश पाउने प्रस्ताव पनि पारित गरेको छ । यसअघि विश्वविद्यालयमा सह–प्राध्यापक र प्राध्यापकले मात्रै ५० अवधिसम्म सेवा प्रवेश पाउने कानुनी प्रावधान थियो । 

त्यस्तै, सभाले विश्वविद्यालयका सबै आंगिक क्याम्पसलाई बहुमुखी प्रणालीमा लैजाने निर्णयसमेत गरेको छ । आंगिक क्याम्पसमा विविध विषयको पठन÷पाठन हुने भएका कारण आंगिक क्याम्पसको यस अघिको नाममा बहुमुखी शब्द थप गरिएको हो । यो निर्णयसँगै विश्वविद्यालयका सबै आंगिक क्याम्पसको नाम बहुमुखी शब्द राखिनेछ ।

विश्वविद्यालयको १० औैँ बैठक विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।


 





  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार १८:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया