मन्त्रिपरिषद् बैठक सकियो, अध्यादेशबारे कुरै भएन

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । आजको बैठकमा विवादित अध्यादेश फिर्ता लिने निर्णय हुने अपेक्षा गरिएको थियो । 

तर, बैठकमा अध्यादेशबारे कुनै छलफल नभएको बुझिएको छ । स्रोतका अनुसार मंगलबार अध्यादेश जारी गर्दा पनि अन्य मन्त्रीहरुलाई थाहा नदिइएको र आज पनि सो विषयमा कुनै छलफल नभएको पाइएको छ । 

बिहीबार मन्त्रिपरिषद् बैठकको ठीक एक घण्टाअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सो बैठक स्थगित गरेका थिए ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार २०:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया