उपराष्ट्रपतिलाई कोरोना खोप, टेलिभिजनबाट प्रत्यक्ष प्रसारण

अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप दिइएको छ । अमेरिकी नागरिकलाई खोपको प्रयोगका लागि विश्वस्त गराउन उपराष्ट्रपति पेन्सले शुक्रबार खोप लगाएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।उपराष्ट्रपति पेन्सकी श्रीमतीले पनि कोभिड–१९ विरुद्धको खोप लगाएकी छिन् । 

नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलिभिजनहरूले प्रत्यक्ष प्रशारण गरेका थिए ।

‘कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरुमै लिएको हुँ’ खोप लिएपछि  उपराष्ट्रपति पेन्सले भने, ‘खोप लगाएपछि मलाई कुनै असहज महशुस भएको छैन ।’

अमेरिका विश्वमा कोराना संक्रमणबाट अति प्रभावित मध्ये पहिलो देश हो ।  अमेरिकामा हालसम्म करिब पौने दुई करोड जनामा कोरोना संक्रमण देखिएको छ । ३ लाख २० हजार जतिको ज्यान गएको छ । 





  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार ७:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया