प्रदेश सरकारको गाडी घाँस बोक्दै गरेको अवस्थामा ट्राफिकको नियन्त्रणमा

कर्णाली प्रदेशका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी शनिबारको दिन घाँससहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

वीरेन्द्रनगर नगरपालिका–११ भेरीबाट घाँस ल्याउँदै गर्दा सुब्बाकुनास्थित चेकपोस्टमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडी जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्य एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएका छन् । 

गाडीमा चालकसहित २ जना मानिस र बाँकी सिटमा घाँसले भरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । ‘शनिबारको दिन विनापास घाँस बोकेको अवस्थामा ट्राफिकले नियन्त्रणमा लिएको छ,’ प्रमुख आचार्यले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ । हामीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिरहेका छौँ ।’ 

प्रदेशसभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको थियो । तर, गाडी नियमविपरीत प्रयोग भएको पाइएको हो । कुनै पनि सरकारी कार्यालयले शनिबारको दिन सवारी चलाउँदा सम्बन्धित क्षेत्रबाट पास लिनुपर्छ । प्रदेश सरकारले प्रदेश सरकारमातहत क्षेत्र, स्थानीयले स्थानीय सरकारबाट र अन्य केन्द्रमातहतले जिल्ला प्रशासनबाट पास जारी गर्नुपर्छ । तर, प्रदेश सरकारको गाडी विनापास चरम दुरुपयोग भएको अवस्थामा ट्राफिकले नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार उक्त गाडी शनिबार   सभापति सिंहका छोरालाई नेपालगन्ज विमानस्थल पुर्याएर फर्किंदै गरेको थियो । 





  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार १७:५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया