खुमलटारमा कुरा नमिलेपछि शितलनिवास पुगे प्रधानमन्त्री
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी विवाद मिलाउने सन्दर्भमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय रहे । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले त्यहाँ कुरा नमिलेपछि मन्त्री निवास पुल्चोकमा आएर गृहमन्त्री रामबहादुर थापा बादलसहित केही मन्त्रीहरुलाई भेटे ।

पार्टी विवाद मिलाउन दिनभर जसो सक्रिय रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली बेलुकी राष्ट्रपति निवास शितलनिवास पुगेका छन् । बिहान कार्यकारी अध्यक्ष प्रचण्डलाई उनकै निवास खुमलटारमा भेटेका ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् । 

प्रचण्डसँगको भेटमा ओलीको पार्टी सचिवालयमा पेस गरेर अहिले स्थायी कमिटीमा गएको प्रचण्डको प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए । तर प्रचण्डले भने, प्रस्ताव फिर्ता नलिने अडान लिएपछि ओलीले पुल्चोक मन्त्री निवास पुगेका गृहमन्त्री रामबहादुर थापा बादललगायतका मन्त्रीहरुसँग छलफल गरेका थिए । दिनभरको छलफलपछि ओली राष्ट्रपति निवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा पार्टीभित्रको राजनीतिक अवस्थासहित संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा छलफल हुनसक्ने बताइएको छ ।





  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार १८:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया