घरमा आगो लाग्दा एक छोराको मृत्यु, आमाछोरा घाइते
फाइल फोटो

विराटनगरको एक घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४  झटियायीमा रहेको राजेश दासको घरमा शुक्रबार राति आगलागी भएको हो । 

प्रहरीका अनुसार दासका १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको हो। आगलागीमा परी राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

जाडोमा ताप्नका लागि बालिएको घुरबाट आगलागी भएको अनुमान प्रहरी को छ । स्थानीयबासी प्रहरी, वारुणयन्त्र मिलेर आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको आँकलन गरिएको छ । 





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार ९:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया