बालुवाटार पुगेका प्रचण्डलाई भेट्न मानेनन् ओलीले

मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद विघटनको सिफारिस गरेपछि छलफलका लागि बालुवाटार पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भेट्न मानेनन् ।

प्रचण्डलाई भेट्न नमानेका ओली अहिले शितल निवास पुगेका छन् । 

राष्ट्रपतिलाई मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर ओली शितल निवास पुगेका हुन् । 

पछिल्लो समय नेकपामा विवाद बढ्दै जाँदा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटन गर्ने निर्णय गरेका हुन् । उनको यो कदमको व्यापक आलोचना भएको छ ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार ११:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया