नेकपा स्थायी समिति बैठक बालुवाटारमै बस्ने तयारी

बदिलँदो राजनीतिक घटनाक्रमका बीच सत्तारुढ नेकपाको स्थायी समिति बैठक बस्ने तयारी हुँदै छ । 

आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ ।  

आजको बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न सक्ने आकलन गरिएको छ ।

प्रधानमन्त्री ओली उक्त बैठकमा सहभागी नहुने उनीनिकट स्रोतले जनाएको छ । प्रधानमन्त्री अहिले सुरक्षा परिषदको बैठकमा छन् ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १६:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया