प्रचण्डलाई प्रधानमन्त्री बनाउने मागसहित अविश्वासको प्रस्ताव दर्ता हुन लागेपछि संसद विघटन
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना प्राप्त गरेपछि प्रतिनिधिसभा विघटनको सिफारिस गरेको पुष्टि भएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव तयार पारेको सूचना बालुवाटारमा पुगेको थियो । त्यसपछि प्रधानमन्त्रीले आज बिहान ९ः४५ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

बालुवाटारमा मन्त्रिपरिषदको बैठक चलिरहेकै वेला नेकपाका नेता भीम रावललगायत नेकपा सांसदहरु अविश्वासको प्रस्ताव लिएर संसद सचिवालय पुगेका थिए । उक्त सूचना प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा संसद विघटनको सिफारिस गरेका थिए ।

ओलीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा प्रधानमन्त्री सम्पूर्ण रुपमा असफल भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्दै प्रस्ताव दर्ता गरिएको थियो । आज बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यहीबेला मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने सांसदहरु हेर्नुस् हस्ताक्षरसहित :




 



  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १८:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया