ओलीलाई समर्थन गर्दै शंकर पोखरेलले भने– चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनीनिकट नेताहरुले उनलाई समर्थन गर्दै आफ्ना धारणा सामाजिक सन्जालमा राख्न थालेका छन् ।

ओलीनिकट नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि अब ओलीलाई सहयोग गरेका छन् । 

उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै यो अवस्था आउनुमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पनि जिम्मेवार रहेको बताएका छन् ।

बाहिरबाट आएको अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछि बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जान बाध्य भएको उनले लेखेका छन् । 

उनले भनेका छन्, ‘चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ ।’ 

सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुग्ने भन्दै उनले गम्भीर र जिम्मेवार बन्न पनि अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १९:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया