टिकटक बनाउँदा पुलबाट खसेका युवकको मृत्यु

दाङका एक युवकले स्टन्ट गरेर टिकटक बनाउँदा उनको मृत्यु भएको छ । उनी केही दिनअघि झोलुङ्गे पुलबाट खसेका थिए । 

दाङ तुलसीपुर १९ का २४ वर्षका रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।

उनको सोमबार विहान साढे ७ बजे मृत्यु भएको हो । शनिबार दिउँसो उनी पुरन्धारा नजिकै बबई नदीको झोलुङ्गे पुलमा स्टन्ट गरेर टिकटक बनाउँदै थिए । त्यसपछि उनी गम्भीर घाइते भएका थिए ।

उनी झोलुङ्गे पुलको तारमा झुन्डिएर टिकटक बनाउँदा झन्डै २० मिटर तल बगरमा खसेका थिए ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार ११:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया