बालुवाटारमा ओलीले बिफ्रिङ गरे नेकपा सांसद्‌लाई संसद विघटनको कारण
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाे टि्वटरबाट ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा नेकपाका सांसदहरुलाई संसद विघटनको कारण बिफ्रिङ गरेका छन् । 

आज विहान ९ बजे बोलाइएको बैठकमा उनले विशेष सम्बोधन गरेका हुन् । 

बैठकमा सहभागी एक सांसदले फरकधारलाई जानकारी दिए अनुसार प्रधानमन्त्री ओलीले आफूलाई निकै अप्ठ्यारोमा पारेकाले जनताको ताजा जनादेश लिनु नै उत्तम विकल्प रहेको बताएका छन् । 

बैठक जारी छ । 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले चाहिँ सांसदहरुलाई दिउँसो एक बजे संसद भवनमा बोलाएका छन् । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार ११:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया