भारतमा कोरोना संक्रमित एक करोड ५५ हजार
प्रतीकात्मक तस्बिर

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबारसम्म एक करोड ५५ हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक करोड ५५ हजार ५६० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणका कारण ३३३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ८१० जना पुगेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा एक हजार २७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको र २६ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ६ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ३६ हजार सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

देशभर १६ करोड २० लाख ९८ हजारको हाराहारीमा नमुना परीक्षण गरेको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।
 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १४:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया