नेकपा फुटतर्फ : आज बस्ने दुवै पक्षको केन्द्रीय समिति बैठकले के निर्णय गर्ला ?
फाइल फोटो

पहिलेदेखि नै विादमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि फुटको संघारमा पुगेको छ । नेता कार्यकर्ताहरु प्रचण्ड–नेपाल समूह र ओली समूहमा विभाजित हुनेक्रम जारी छ। 

केही अझै पर्ख र हेरको अवस्थामा छन् । केही नेता कार्यकर्ताहरु जतापट्टि पल्ला भारी हुन्छ उतैपट्टि लाग्ने तयारीसहित मौन देखिन्छन्  । अब पार्टीलाई फुटबाट जोगाउन लगभग असम्भव देखिएको छ। 

मंगलबारका लागि दुवै पक्षले पार्टीको केन्द्रीय समिति बैठक डाकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अहिले बिहान ९ बजे नै प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षका केन्द्रीय सदस्यको बैठक राख्ने तयारी गरेको छ ।  

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक दिउँसो १ बजेका लागि बोलाएका छन् ।  

आइतबार ओलीको अनुपस्थितिमा बसेको नेकपाको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्न भन्दै केन्द्रीय समितिमा सिफारिस गरिसकेको छ । आजको बैठकमा कुन समूहको रणनीति के हुन्छ भन्ने विषयले नेकपाको भविष्य निर्धारण गर्ने देखिन्छ। 

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले केही निर्णय गर्नुअघि नै केही कदम चाल्ने तयारीका साथ ओलीले बैठक डाकेको नेकपाका एक केन्द्रीय समिति सदस्यले जानकारी दिएका छन्। 



आज बोलाइएको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्ने सम्भावना रहेको छ । केन्द्रीय समितिमा अल्पमतमा रहेको ओली समूहले बैठकले कस्तो कदम चाल्छ भन्ने कुरा भने अन्योलमै रहेको छ। 

सोमबार दुवै पक्षले विघटित प्रतिनिधि सभाका आ–आफू पक्षका सांसदहरुको भेला गरेका थिए। 



  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार ९:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया