ओली समूहले दुई दिनभित्र सबै प्रदेशमा कार्यकर्ता भेला गर्ने, यी नेताले पाए जिम्मेवारी

नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने निर्णय गरेको हो । 

भेलाका लागि वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।

त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेताहरुलाई जिम्मा दिइएको छ । लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ।

गण्डकीमा वक्ताका रुपमा टोपबहादुर रायमाझी तोकिएका छन् । बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने आजको ओली समूहका केन्द्रीय सदस्यहरुको बैठकले गरेको छ । 





  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार १३:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया