स्वदेशी उद्योगकै उत्पादन बेच्ने भन्दै चिनी आयात नगर्ने खाद्य कम्पनीको निर्णय

संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भारतबाट सहुलियत दरमा १० हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रियाबाट हात झिकेको छ ।

चालु  आर्थिक वर्षमा चिनी आयात नै नगर्ने भन्दै खाद्यले प्रक्रिया स्थगित गरेको हो । लकडाउनको समयमा निजी उद्योगसँग चिनीको स्टक निकै कम रहेकाले चाडपर्वको समयमा बजारमा अभाव हुने भन्दै सरकारले गत साउनमै कम्पनीलाई उक्त परिमाणमा चिनी आयात गर्न स्वीकृति दिएको थियो । चिनी आयातका लागि कम्पनीले ४५ दिने टेण्डरसमेत आह्वान गरेको थियो ।

भारतमा चिनीको मूल्य दैनिक परिवर्तन भइरहेकाले कुनै पनि आपूर्तिकर्ता कम्पनीले चिनीको टेण्डरमा सहभागी हुन नमानेको खाद्य कम्पनीको भनाइ छ  । अबको केही समयमा स्वदेशी उद्योगबाट उत्पादित चिनी बजारमा आउने भएकाले त्यसैलाई प्राथमिकता दिने कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले जानकारी दिइन् ।

सरकारले चाडपर्वलाई लक्षित गरेर कम्पनीलाई सहुलियत भन्सार दरमा चिनी आयात गर्न भनेको थियो । खाद्य कम्पनीले साल्ट ट्रेडिङले ल्याएको चिनी किनेर आफ्ना बिक्री कक्षमार्फत बेच्दै छ ।


 





  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार १४:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया