चिनियाँ राजदूतले राष्ट्रपतिलाई भेटिन्

चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । 

नेकपाका दुई खेमा औपचारिक रुपमा अलग भएकै दिन राजदूत यान्छीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पटक–पटक नेकपाको राजनीति मिलाउन सक्रिय रहेको आरोप यान्छीमाथि लागेको थियो । 

साँझ ६ बजेतिर शीतल निवास पुगेकी राजदूत यान्छी र राष्ट्रपति भण्डारीबीच के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन । 





  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार २०:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया