तत्काल संसद बैठक बोलाउन जसपाको माग

जनता समाजवादी पार्टीले तत्काल संसद अधिवेशन आह्वान गर्न प्रतिनिधिसभाका सभामुखलाई आग्रह गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन भए पनि सो असंवैधानिक भएको भन्दै जसपाको केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद बैठक बोलाउन माग गरेको हो । 

सो पार्टीले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्ष निकालेको छ । जसपाले प्रतिनिधिसभा विघटनको विरुद्धमा संघर्षका कार्यक्रम गर्ने भएको छ । 

जसअनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय भएको पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार २०:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया