भारतमा कुल संक्रमित एक करोड एक लाख
फाइल फोटो

भारतमा बुधबारसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड एक लाखनजिक पुगेको छ । 

विगत २४ घण्टाको अवधिमा २३ हजार ९५० नयाँ संक्रमित फेला परेसँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९५० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ । 
भारतको राजधानी दिल्लीमा गत २४ घण्टामा ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र २५ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार ९६ लाख ३८२ हजार व्यक्ति संक्रमणमुक्त भएका छ । हाल भारतमा दुई लाख ८९ हजार २४० सक्रिय संक्रमित छन् । 

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । देशभर  हालसम्म १६ करोड ४२ लाख ६८ हजारको नमुना परीक्षण गरेको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १४:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया