'अब प्रतिनिधिसभा व्युँतिदैन, चुनावमा जान नडराऊँ'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र विवाद भएर सरकारलाई काम गर्न नदिएकाले ताजा जनादेशमा जानुपरेको बताएका छन्। 

पार्टीका केही नेताले काम गर्न नदिएपछि बाध्यातावश प्रधानमन्त्री केपी शर्मा ओली ताजा जनादेशको निर्णयमा पुगेको रायमाझीले बताए। 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा नेता रायमाझीले आफ्नै पार्टीका सांसदले विशेष अधिवेशन माग गरी सरकारविरुद्ध अविश्वासको प्रस्ताव गरिनु विडम्बना भएकाले त्यस्तो अवस्थामा प्रतिनिधिसभाको औचित्य नहुने जनाए।

'एकातिर सरकारले काम गरेन भन्ने अर्कातिर अविश्वास प्रस्ताव ल्याएर काम गर्न नदिने प्रतिपक्षीबाट पनि नभएको व्यवहार नेकपाकै सांसदबाट हुनु दुःखद् हो', उनले भने, 'यस्तो स्थितिमा ताजा जनादेशमा जानु सबैभन्दा उत्तम विकल्प हो । सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैन।'

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार नभएको जिकिर गर्दै आफूहरु सर्वोच्च अदालतको फैसलापछि निर्वाचनको तयारीमा लाग्ने बताइन्। 

जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले संविधानमा नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गरेको आरोप लगाए। नेकपाका नेता कृष्णभक्त पोखरेलले अदालतले विघटनको निर्णय बदर गराउने अपेक्षा व्यक्त गरे। 



भिडियो



  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २२:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया