संसद विघटनविरुद्ध चार महिला संगठन आन्दोलनमा
अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : फरकधार

विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधि सभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

बिहीबार अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादवले बताइन् ।

सरकारको कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरंकुश शासकको चरित्र, देश र जनताप्रतिको गैरजिम्मेवारी र नालायकीपन ठहर गर्दै आन्दोलनको घोषणा गर्नुपरेको उनले बताइन् । सरकारको कदमविरुद्ध नेपाल बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने, संविधानविद्हरुसँग अन्तरक्रिया गर्ने, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने र देशव्यापी जनप्रर्दशन गर्ने गरी संघर्षका कार्यक्रम घोषणा गरिएको पनि अध्यक्ष यादवले बताइन् ।

प्रतिनिधि सभा विघटनले प्राप्त उपलब्धि संस्थागत नभई प्रतिगामी शक्तिहरु सल्बलाउने भन्दै महिला संगठनहरुले सरकारको यो कदम नस्वीकार्ने बताएका छन् । देश कोरोना कहर र आर्थिक संकटकाबीच गुज्रिरहेकाले सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धराशायी बन्ने निष्कर्ष उनीहरुको छ ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १४:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया