धितोपत्र बोर्डले घटायो ब्रोकर कमिसन, अब अधिकतम सीमा ०.४० प्रतिशतमात्र

नेपाल धितोपत्र बोर्डले आइतबारदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाएको छ । बोर्ड​को शुक्रबारको निर्णय अनुसार अब  धितोपत्र दलाल व्यवसायीले अधिकतम ०.४० प्रतिशतसम्म मात्रै कमिसन लिन पाउनेछन्  । 

यसअघिको अधिकतम ०.६० प्रतिशतसम्म कमिसन लिन पाउने व्यवस्थालाई संशोधन गर्दै बोर्डले अधिकतम ०.४० प्रतिशतमात्र कमिसन लिन पाउने गरी निर्णय गरेको हो ।
बोर्डका अनुसार यसअघि न्यूनतम २५ रुपैयाँ लिन पाउने व्यवस्थालाई संशोधन गर्दै १० रुपैयाँमा झारेको छ । सानो रकमको कारोवार गर्ने साना लगानीकर्तालाई कारोवार सेवा वापत लिँदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत कटौती गरेको हो ।

बोर्डको नयाँ निर्णय अनुसार अब धितोपत्र दलाल व्यवसायीले ५० हजारसम्मको सेयर कारोबार गरेवापत ०.४० प्रतिशतमात्रै ब्रोकर कमिसन लिन पाउनेछन् । यस्तै ५० हजारदेखि ५ लाखसम्मको सेयर कारोबारमा भने ०.३७ प्रतिशत ब्रोकर कमिसन लिन पाउने भएका छन् । 

त्यस्तै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा भने ०.३४ प्रतिशत ब्रोकर कमिसन लिन पाइने व्यवस्था बोर्डले गरेको छ ।

यस्तै सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कसमेत बोर्डले ५० प्रतिशतले घटाएको छ । संगठित संस्थाको सेयरको खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कटौती भएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १७:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया