नयाँ मन्त्रीको सपथपछि मात्रै मन्त्रिपरिषद् बैठक

काठमाडौं : नेकपा विभाजित भएपछि राजीनामा दिएका मन्त्रीहरुको स्थानमा नयाँ मन्त्री आजै नियुक्त गरिने भएको छ। पूर्व माओवादी पृष्ठभूमिका पाँचसहित अन्य मन्त्री नियुक्त गरेपछि मात्रै आजको मन्त्रिपरिषद्  बैठक बस्ने भएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ६ बजे बस्‍ने भनिएको बैठक मन्त्रिपरिषद् बैठक ८ बजेका लागि सारिएको छ। नयाँ मन्त्रीहरुको सपथ साँझ सपथ राष्ट्रपतिको कार्यालयमा गराइँदैछ। 

दाहाल-नेपाल समूहका सातजना मन्त्रीले राजीनामा दिएपछि ओलीले ती स्थानमा पूर्व माओवादी समूहका नेताहरुलाई अवसर दिएका हुन्। मन्त्रिपरिषदका नयाँ अनुहारमा श्रम मन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन्। 

टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्री बनाइएको छ। पर्यटन मन्त्रालयमा मणि थापा, शिक्षा मन्त्रालयमा दावा लामा र खानेपानी मन्त्रालयमा गौरीशंकर चौधरी तोकिएको छ। प्रधानमन्त्री ओलीले पार्टी विभाजनपछि आफ्नो पक्षमा आएका पूर्व माओवादी पृष्ठभूमिका नेताहरुलाई मन्त्री बनाएका हुन्।  





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १८:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया