\
यता नेपालमा नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । योसँगै भारतीय नेताहरु नेपाल आउन थाल्ने क्रम पनि अब बढ्ने भएको छ ।
भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री भोलि नेपाल आउने भएका छन् ।
शनिबार उनको भ्रमणलाई नेकपाको विभाजन र सरकारमा भएको परिवर्तनको विषयलाई लिएर निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
शाह भोलि एयर इन्डियाको उडानबाट काठमाडौं आउँदै छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल तथा अन्य नेताहरुलाई भेट्ने भएका छन् ।
शाह दुई दिने नेपाल भ्रमणमा आउन लागेको स्रोतको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।