प्रदेश १ का आर्थिक मामिला मन्त्रीलाई मुख्यमन्त्रीले हटाए
आङ्बो भन्छन् : आफैं राजीनामा दिँदै थिएँ

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदबाट हटाएका छन्। आङ्बोलाई मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम शनिबार साँझ पदमुक्त गरेको जानकारी प्रेस सल्लाहकार ध्रुव सुवेदीले दिएका छन्। 


पदमुक्त गरिएका आङ्बो पूर्वमाओवादी नेता हुन्। उनी अहिले नेकपाको प्रचण्ड-नेपाल समूहमा छन्। आफूविरुद्ध अविश्‍वास प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको थाहा पाएपछि मुख्यमन्त्री राईले आङ्बोलाई सरकारबाट बिदा गरिदिएका हुन्। 

यता आङ्बोले भने आफैं राजीनामा दिन तयार भएको अवस्थामा पदबाट हटाउँदा फरक नपर्ने प्रतिक्रिया दिएका छन्।

'प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा २ वर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा माननीय.मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु', उनले पदमुक्त भएपछि भनेका छन्। 

उनले अब सरकारविरुद्धको प्रस्तावमा समर्थन गर्न आफूलाई बाटो खुलेको पनि उल्लेख गरेका छन्। आङ्बोसहित प्रचण्ड-नेपाल समूहका सांसदहरुले आइतवार मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गर्ने भएका छन्। 





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १९:१४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया