खेलकुद क्षेत्रमा परिणाममुखी काम हुन्छ : दावा लामा

नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिनिधि सभा विघटन पछि पुनर्गठन भएको मन्त्रिमण्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा नव नियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन् । नव नियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । शुक्रबार मन्त्रिमण्डल विस्तार भएसँगै सोही दिन सपथ खाइएका लामाले आइतबार मात्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

नव नियुक्त लामा २०६४ सालको संविधानसभा सदस्य थिए । 

यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ भएका हुन् । पूर्व मन्त्री विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गरेका थिए । 

नव नियुक्त मन्त्री लामालाई स्वागत गर्न आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले मन्त्रालयले गरेका र गर्ने क्रममा रहेका गतिविधिबारेमा नव नियुक्त मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १७:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया