थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

गत २४ घण्टामा नेपालमा ४ सय ८१ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को धनुषामा ३ र रौतहटमा ३ जनामा कोरोना पुष्टि भएको छ । 

बागमती प्रदेशको काठमाडौंमा १ सय ७५, ललितपुरमा २७, भक्तपुरमा ६, काभ्रेमा ३, चितवनमा २०, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ४,  मकवानपुरमा ७, रसुवामा १, रामेछापमा १ र सिन्धुलीमा जनामा कोरोना पुष्टि भएको छ । 

गण्डकी प्रदेशको कास्कीमा ५४, तनहुँमा ४, नवलपरासीमा पूर्वमा ४, लमजुङमा २, बागलुङमा ६ र स्याङजामा १३ जनामा कोरोना पुष्टि भएको छ। 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा ४, दाङमा २, नवलपरासीमा ४, पाल्पामा ७, प्युठानमा १, बर्दियामा ४, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा १७ जनामा कोरोना पुष्टि भएको छ। 

कर्णाली प्रदेशमा गत २४ घण्टामा कुनै पनि जिल्लामा संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। 



सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १०, कैलालीमा ४५ र बझाङमा ५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १८:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया