प्रतिनिधि सभा विघटनमा अदालतको निर्णय स्वीकार गर्छौं : कांग्रेस सभापति (फोटो फिचरसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकाले अदालतको फैसला नेपाली कांग्रेसलाई मान्य हुने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले सोमबार गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक तथा अप्रजातान्त्रिक कदमका रुपमा पार्टीले ठम्याएको बताए । उनले प्रतिनिधि सभाको विघटनको विरोधमा देशभर प्रदर्शन गरिए पनि अदालतले गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन् ।

उनले भने,  ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो । हाम्रो पार्टीले सधैँ अदालतलाई सम्मान गरेको छ । अदालतलाई धम्क्याएर, तर्साएर यो निर्णय गर, त्यो निर्णय गर भन्ने काम हामी कहिल्यै गर्दैनौँ । हाम्रो इच्छाविरुद्ध होस् कि इच्छा अनुसार होस् । अदालतको निर्णय स्वीकार गर्छौं । अदालतलाई कुनै पनि किसिमको हस्तक्षेप हामी गर्दैनौँ । अदालतलाई स्वविवेकले निर्णय गर्ने अधिकार छ । अदालतको निर्णय पर्खन्छौँ ।’

सरकारको अप्रजातान्त्रिक कदमविरुद्ध पार्टी एक्लैले विरोध प्रदर्शन गर्ने सभापति देउवाको भनाइ छ । कांग्रेसले निरन्तर विरोधका कार्यक्रम गर्ने र विरोधको आगामी कार्यक्रम केन्द्रीय कमिटी बैठक बसेर बनाउने पनि उनले बताए । 





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १८:२४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया