डा. भट्टराईलाई भेटेर चिनियाँ उपमन्त्रीले भने- नेपालको आन्तरिक मामिलामा बहस गर्न आएका होइनौँ

नेपालको चारदिने भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेको छ । 

भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुसी व्यक्त गरेका थिए । 

भेटमा उनीहरुले आफूहरु हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको स्पष्ट पारे ।

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध सुमधुर बनाउन आफूहरु नेपाल आएको टोलीले दाबी गरेको छ । 

आइतबार नेपाल आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोको टोलीले सोही साँझ राष्ट्रपति विद्या भण्डारी र राति प्रधानमन्त्री केपी ओलीसँग भेटेको थियो । 

सोमबार दिनभर प्रतिनिधिमण्डलले विभाजित नेकपाका विभिन्न नेतासँग भेटघाट गरेको थियो ।





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार २१:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया