वर्षा शिवाकोटीको व्यापारिक यात्रा  सुरु

अभिनेत्री वर्षा शिवाकोटी मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् । अभिनेत्री शिवाकोटीले आफ्नो फेसबुकमा स्टाटस शेयर गर्दै अभिनयसँगै व्यापारिक क्षेत्रमा पाइला राखेको जानकारी दिएकी छिन् ।

स्किन सिटीमा आफ्नो पनि लगानी रहेको उल्लेख गर्दै शिवाकोटीले भनेकी छिन्, ‘स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व मेरो पनि हो।’

उनले चलचित्र र व्यापारलाई एकसाथ अगाडि बढाउन त्यति सजिलो नहुँने बताएकी छिन् । चलचित्र क्षेत्रको सफलता सम्झिँदै यता पनि सफलताका लागि सक्दो प्रयास गर्ने शिवाकोटी बताउछिन् । उनले व्यापारिक क्षेत्रमा पनि आफू सफल हुने विश्वास व्यक्त गरेकी छिन् ।

चलचित्र ‘नाई नभन्नु ल–२’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी शिवाकोटीले ‘पशुपति प्रसाद’, ‘वीरबिक्रम ३’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । केहीदिन अघि छायांकन सकिएको चलचित्र ‘परदेशी २’मा पनि शिवाकोटी देखिँदैछिन् ।





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १३:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया