कोरोनाले असर परेन मोबाइल फोनको बजारमा
फाइल फोटो

कोरोना भाइरसका कारण विश्वव्यापी रुपमै समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परे पनि मोबाइलको बजार भने उकासिएको छ । कोभिडका कारण प्रभावित कतिपय व्यवसाय अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । तर, महामारीकै बीच नेपाली बजारमा मोबाइलको माग तथा व्यापार बढ्दै गएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव)को पहिलो ५ महिनामा साढे १७ अर्ब रुपैयाँबराबरको मोबाइल फोन आयात भएको छ । यो आयात गत आवको यही अवधिको तुलनामा साढे ७ अर्बले धेरै भएको बताइएको छ । गत आवको मङ्सिर मसान्तसम्म १० अर्ब ६७ करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको भन्सारको तथ्यांक छ ।

कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण अधिकांश काम अनलाइनबाटै हुन थालेकाले पनि मोबाइलको माग बढेको व्यवसायीको भनाइ छ । विशेषगरी सबै तहका कक्षाहरू अनलाइनबाट हुन थालेपछि मिड रेन्जका मोबाइलको माग  अत्यधिक बढेको व्यवसायीको भनाइ छ ।

बन्दाबन्दीका कारण घरमै बन्द हुनुपर्दा साधारण फिचर फोन चलाउनेले पनि समय कटाउन स्मार्ट फोन खरीद गर्न थालेको व्यवसायीको अनुमान छ । यस्तै, भर्चुअल छलफलका लागि पनि स्मार्टफोनको माग बढेको हुन सक्ने विक्रेताको भनाइ छ । 

कोरोनाका कारण सीमा नाका बन्द भएकाले अवैध आयात बन्द भएकाले पनि आयात बढेको देखिएको नेपाल मोबाइल फोन आपूर्ति संघका अध्यक्ष दीपक मल्होत्राले बताए ।





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १३:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया