मप्रति घृणा फैलाउन कुप्रचार गरियो : भीम रावल
फाइल फोटो

आफूले भन्दै नभनेको कुरा आफूले भनेको भन्दै समाचार प्रकाशन भएकोमा नेकपामा स्थायी समिति सदस्य भीम रावलले आपत्ति जनाएका छन् । सोमबार धनगढीमा आयोजित कार्यक्रममा भीम रावलले बोलेको भन्दै केही अनलाइनले विवादास्पद भनाइको आधारमा समाचार प्रकाशन गरेका थिए । 

 ती समाचारमा जनाइए अनुसार ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन’ भनेर नेता रावलले बोलेको भनिएको छ । ती समाचारहरु धेरैले सेयर गरेपछि रावलको निकै आलोचना भएको थियो । त्यस्ता झूटा समाचार आफूप्रति घृणा फैलाउन गरिएको हर्कत भएको रावलको भनाइ छ । 

‘त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो। मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु। म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु’ रावलले मंगलबार बिहान ट्विटरमार्फत भनेका  छन् । 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १३:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया