‘नेपाल-अमेरिकाबीचको व्यापार प्रवर्द्धनमा सहयोग गर्छु’

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने उद्देश्यले काम गर्ने बताएका छन्  । 

मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा राजदूत खतिवडाले द्विपक्षीय लगानी, सरकारी सहयोग र प्रविधि हस्तान्तरणको विषयलाई केन्द्रमा राखेर नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने बताए । 

नेपालको कुनै पनि उत्पादनलाई अमेरिका निर्यात गर्ने सम्बन्धमा हाल कायम रहेका केही प्रावधानलाई परिवर्तन गर्नुपर्ने भएकाले त्यसको लागि पहल गर्न समेत उनले व्यवसायीलाई आग्रह गरे । 

नेपाल र अमेरिकाबीच राजनीतिक रुपमा सद्भाव बढाउनसमेत आफू प्रतिवद्ध रहेको उनको भनाइ थियो । कुनै पनि देशको बौद्धिक सम्पत्तिको सुरक्षा गर्ने विषयमा नेपाल प्रतिवद्ध भए लगानी भित्र्याउन कुनै समस्या नहुने पनि उनले प्रष्ट पारे ।

भेटका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन हुने वस्तुलाई अमेरिका निर्यात गर्ने वातावरण निर्माण गर्न आग्रह गरे । 

अहिले अमेरिकाले नेपालबाट ७७ किसिमका बस्तु लैजाने भन्ने रहेको तर ती बस्तुहरु नेपालमा उत्पादन नहुने भएकाले निर्यात नबढेको उनको भनाइ थियो । नेपालको गार्मेन्ट उत्पादनलाई अमेरिकी बजारमा लैजान सके राम्रो हुने भएकाले त्यसमा पहल गर्नसमेत उनले आग्रह गरे ।




 



  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १८:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया