बागमती प्रदेशका उपनेता जमरकट्टेल र सचेतक माझी पदबाट हटाइए
फाइल तस्बिर

बागमती प्रदेशका दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले उपनेता र सचेतकलाई जिम्मेवारीबाट हटाएका छन्।

पौडेलले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जानकारी दिए।

संसदीय दलको विधान अनुसार नियुक्त भएको र विधान अनुसार नै पदबाट हटाइएको उनले बताए ।

यसअघि मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

अविश्वास प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १९:४८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया