मंगलबार तोलामा आठ सय घटेको सुनको मूल्य बुधबार एक सय बढ्यो

सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको छ । बुधबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार तोलामा ८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार भने तोलामा १ सय रुपैयाँ बढेको हो । 

सोमबार तोलामा ७ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसअघि शुक्रबारको मूल्यमा आइतबार स्थिर रहँदै सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । 





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १०:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया