करिब ५० अंकले बढेको बजारमा साढे चार अर्बको कारोबार

देशको राजनीतिक वातावरणका कारण केही दिनदेखि उतारचढाव देखिएको नेप्से बुधवार ४९ दशमलव १७ अंकले बढेको छ ।

२०२३ दशमलव ६० विन्दुदेखि खुला भएको बजार निरन्तर बढेर २०६२ दशमलव शून्य ६ विन्दुमा बन्द भएको हो । आज ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ८६ अंक बढेर ३९१ दशमलव ३० विन्दुमा पुगेको छ ।

बुधवार २०८ कम्पनीको ३९ हजार ९३५ पटकको कारोबारमा ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँ बराबरको ९९ लाख १० हजार ३ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

कुल कारोबारमा आज सर्वाधिक हिस्सा शिवम् सिमेन्टले ओगटेको छ । शिवमको रू. ३४ करोड ४४ लाख ६९ हजार बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको  सेयरमूल्य पनि प्रतिकित्ता रू. १२७ ले बढेको छ ।

यो दिन कारोबारमा आएका १२ समूहमध्ये होटलको १ दशमलव शून्य १ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ४ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । व्यापारिक समूहको परिसूचक सर्वाधिक ९ दशमलव ४५ प्रतिशत बढेको छ । 

त्यस्तै, उत्पादन तथा प्रशोधनको ६ दशमलव ८३ प्रतिशत, अन्यको ४ दशमलव ६८ प्रतिशत, बैंकिङको २ दशमलव शून्य १ प्रतिशत, जलविद्युतको शून्य दशमलव ९१ प्रतिशत, वित्तको शून्य दशमलव १९ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ५६ प्रतिशत, लघुवित्तको २ दशमलव ६६ प्रतिशत, जीवन बीमाको १ दशमलव १७ प्रतिशत र म्युचुअल फन्डको १ दशमलव ६३ प्रतिशत परिसूचक बढेको छ ।



बुधवारको सर्वाधिक मूल्य बढ्नेमा साल्ट ट्रेडिङ कर्पोरेशन अगाडि छ भने नागरिक लगानीकोष र हिमालयन डिष्टिलरीको पनि उच्च अंकले बढेको छ । 

 उच्च अंकले बढेको बजारमा नारायणी डेभलपमेण्ट बैंकको सेयरमूल्य भने १० प्रतिशतले घटेको छ ।



  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १६:३६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया